एजेन्सी, संसारमा यस्ता व्यक्तिहरू पनि छन्, जसको कामले सबैलाई आश्चर्यमा पार्ने गरेको हुन्छ ।त्यस्तै मध्येका एक हुन् भारतको छत्तिसगढ राज्यको जशपुरमा बस्दै आएका सन्तोष लकडा । उनले बिगत १२ वर्षदेखि खानाको सट्टामा ढुंगा खाँदै आइरहेका छन् ।ढुंगा खाएकै कारण उनी अहिले सामाजिक संजालमा भाइरल बनेका छन् । उनी ढुंगाा खाएर कसरी बाँचिरहेका छन् भन्ने विषयमा चिकित्सकहरु समेत चकित बनेका छन् ।

उनको ढुंगा पचाउन सक्ने पाचन शक्ति देखेर सबै अचम्ममा परेका छन् ।ढुंगा खाँदा पनि उनी निरोगी र स्वस्थ छन् ।ढुंगाा खाँदा आफूलाई पाचन प्रक्रियामा अहिलेसम्म कुनै समस्या नपरेको र सजिलै पच्ने गरेको उनको दाबी छ ।

याे पनि,बुटवलमा प्रहरी हिरासतभित्र घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला
बुटवल । चोरी अभियोगमा बुटवल वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक ब्यक्ति घाँटी रेटिएर घाइते भएको अवस्थामा फेला परेका छन् ।तामाको तार चोरीको अभियोगमा पक्राउ परेका रुद्रबहादुर नेपाली सोमबार घाँटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

गत शनिबार चोरी गरेका तामाका तार कवाडीलाई गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तार चोरी भएको उजुरीका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले कवार्ड खानामा तार बेच्दै गर्दा उनलाई पक्राउ गरेको जनाइएको छ ।हिरासत भित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै उनले घटनाको छानवीन हुनु पर्ने नेपालीका आफन्त मानकुमारी सार्कीले माग समेत गरेकी छिन् ।

हिरासतमा रहेका नेपालीले आफैं धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको प्रहरीले पनि पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले आफैले धारिलो सामानले घाँटीमा रेट्न खोजेको भेटिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको बताउनुभयो ।

By Auther