काठमाडाै: उदयपुरमा १५ वर्षीया एक छात्राको ह’ ‘त्या भएको छ । बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह’ ‘त्या गरिएको अवस्थामा शब फेला परेकाे परेको छ ।कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब ह’ ‘त्या गरेर यसोदा खोलामा फा’लि’ए’को अवस्थामा फेला परेको हाे । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै ज्या न लि’एर खाेलामा फा’लेकाे अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

उनको शव मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि केन्द्र र प्रदेश प्रहरीको टोली समेत खटिएको छ ।घटना घटाएको आशंकामा उदयपुर प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ। मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको ह’ ‘त्या आशंकामा सोही ठाउँ बस्दै आएका एक किशोरीसहित २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका ३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ। उनीहरु काका–बडाबाबुका सन्तान हुन्।

कवितालाई मंगलबार बिहान साढे ४ बजे नै ती किशोरीले पढ्न जाउँ भन्दै फोन गरेकी थिइन्। तर कवितालाई जाउँ भन्दै फोन गर्ने किशोरी पनि विद्यालय पुगिनन्। उनीहरु विद्यालयमा बिहान ट्युसन पढ्थे।कविता र ती किशाेरी एउटै कक्षामा पढ्ने भएपनि उनीहरुबीच स’म्बन्ध सुमधुर थिएन। उनीहरुबीच म’नमु’टाव रहेको बुझिएको एसपी बोहराले बताए। काकाकी छोरीले भनेपछि विनोदले ह’ ‘त्या गरेको प्रहरीको शंका छ।एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ ।

घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेकाे छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन्।‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन्।

साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शं’का’स्पद तरिकाले घर फर्किइन्। उनको साथमा कोही छोरा मान्छे थिए। साहका अनुसार ती साथी कविताकी सबैभन्दा नजिक र घर पनि सँगै छ।प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झ’ग’डाका क्रममा घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकारीले बताए ।वडाध्यक्ष भरतबहादुर मगरका अनुसार यसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ। त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घि’सा’रे’र लगिएको देखिएको छ।

‘घि’सा’रे’र ल’गेर केही तल पुगेपछि टाउकोमा ढुं’ ‘गा प्र’हा’ र गरिएको देखिएको छ,’ वडाध्यक्ष मगरले भने, ‘घिसारेको ठाउँमा र’ग’त छ, घि’सा’र्दै फेरि अर्को ठाउँमा लगेर अनुहारमा ढुं’ ‘गा’ ले बेस्सरी हि’र्का’इ’एको छ।’ढुं’ ‘गा प्र’हा’र’बाट कविताको अनुहार क्ष’त’वि’क्ष’त छ। उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ।कविताका बुबा पनि छोरी र नातिनीलाई लिएर उपचारका लागि धरान पुगेका थिए। उनी मंगलबार बिहान नै धरान गएका हुन्। अहिले उनी पनि फर्किएका छन्। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।

By Auther