काठमाडौं । एक व्यक्तिले एकसाथ दुई जनासँग विवाह गर्नु सामान्य कुरा होईन् । तर पनि केही मानिसहरु विवाह गर्छन् ।यो बीचमा ९ युवतीसँग विवाह गरेर विश्वभर चर्चामा आएका ब्राजिलियन मोडल अहिले फेरि चर्चामा छन् ।९ विवाह गरेपछि पनि मोडलको जोशमा कमी आएको छैन । अब उनले ९ विवाह बाहेक थप दुई विवाह गरेर सबैबाट सन्तान जन्माउन चाहेको कुरा खुलाएपछि चर्चा चुलिएको हो ।तर, यी विवाहमा आफूले सोचेको कुरा नआएपछि अब उनले अर्कै निर्णय गरेका छन् । आखिर के छ थप दुई बिहे गर्नुको कारण भन्ने विषयमा हामी चर्चा गर्न गइरहेका छौँ ।

गत वर्ष ९ युवतीसँग विवाह
पुरानो समयलाई बिर्सेर अहिलेको समयको कुरा गर्ने हो भने एक व्यक्तिसँग ९–९ श्रीमती हुनु अनौठो कुरा हो । तर अहिलेको जमानाका ब्राजिलियन मोडलले गत वर्ष ९ युवतीसँग विवाह गरेर सबैलाई चकित पारेका थिए ।मोडल आर्थर ओ उर्सोको विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि उनी विश्वभर चर्चामा आएका हुन् । तर अहिले यति धेरै जनासँग विवाहपछि पनि उनको चाहनामा कमी आएको छैन ।

पहिलो श्रीमतीको आदेशमा ९ विवाह
ब्राजिलका मोडल आर्थर ओउर्सोले गत वर्ष नौ केटीसँग विवाह गरेर स्वतन्त्र प्रेम र एक विवाहको विरोध गरेका थिए ।सोही कारण उनी गत वर्ष चर्चामा आएका हुन् । आर्थर प्रेममा कुनै प्रतिबन्ध हुनु हुँदैन भन्ने विश्वास गर्छन् । यद्यपि मोडलले यति धेरै विवाह पहिलो श्रीमतीको आदेशमा गरे ।उनकी पहिलो पत्नी लुआना काजाकीले ब्राजिलको सबैभन्दा ठूलो सहर सो पाउलोको क्याथोलिक चर्चमा आफ्नो विवाहलाई औपचारिकता दिने निर्णय गरेकी थिइन् ।

नौ मध्ये एक श्रीमतीसँग सम्बन्ध विच्छेद
बहुविवाहको अवधारणा आफूले सोचे जस्तो आकर्षक नभएको भन्दै मोडलले अहिले आफ्ना नौ श्रीमतीमध्ये एक अगाथासँग सम्बन्धविच्छेद गर्नुपर्यो । आर्थरले भने, ‘सबैजना मलाई चाहन्थे ।’उनको ओन्ली फ्यान पेज पनि छ । ओन्ली फ्यानबाट उनले मासिक ५६,००० पाउन्ड वा ८८,५९,२०३ रुपैयाँ कमाउँछन् । उनका अनुसार यसमा कुनै औचित्य थिएन, किनभने सबैसँग बाँडफाँड गर्नुपर्छ ।

डिभोर्सबारे के भन्छन्
श्रीमतीसँगको सम्बन्ध विच्छेद बारे उनले भने, ‘मलाई डिभोर्सले धेरै दुःख लागेको थियो । उनको बहानाले म झनै छक्क परे । उनले आफू एकलविवाह सम्बन्धको अभाव भएको बताइन् ।’मरियम र पत्नीहरूले उनको मनोवृत्ति गलत छ भनी सोचे र वास्तविक भावनाहरूको लागि होइन रोमान्सका लागि विवाह गरेको स्वीकार गरेका छन् । उनले भने, ‘मलाई थाहा छ मैले एउटी श्रीमती गुमाएको छु, तर म अहिले उनको प्रतिस्थापन गर्न गइरहेको छैन ।’

२ विवाह, सबैसँग बच्चाहरु चाहन्छन्,
मिरर यूकेका अनुसार ब्राजिलियन मोडेल अब एक पत्नी, अगाथासँग सम्बन्ध विच्छेद गर्दैछन् । तत्कालका लागि नयाँ विवाहहरू रोक्ने आफ्नो योजनाको बाबजुद, आर्थरले थप दुई महिलाहरूसँग विवाह गर्ने आशा राखेका छन् ।पत्नीहरूको संख्या १० पुर्याउने उनको लक्ष्य रहेको छ । यसबारे उनले भने, ‘मेरो एउटा सपना छ । म सधैं १० जना श्रीमती राख्न चाहन्छु ।मेरो एउटी मात्र छोरी छ, तर म आफ्नी प्रत्येक श्रीमतीबाट एक–एक बच्चा जन्माउन चाहन्छु । प्रत्येकको लागि मैले महसुस गरेको माया उस्तै छ । मलाई लाग्छ कि एक वा दुई जना मात्र बच्चा जन्माउनु अन्याय हुनेछ ।’

By Auther