किशोरी गायिकालाई कर णी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनी विरुद्ध तनहुँ र नवलपुरमा मुद्दा दर्ता भएको थियो । तनहुँ जिल्ला अदालतको आदेशले उनी थुनामा छन् । यता जिल्ला अदालत पुर्वी नवलपरासीले पनि सोही प्रकृतिको आदेश दिएको छ। शाहलाई न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

जिल्ला अदालत तनहुँको आदेशविरु’द्ध पल उच्च अदालत पोखरा पुगेका छन् । उच्च अदालतले निवदेन उपर पहिलो सुनवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो । सामान्यतया अदालतले तीन वर्ष भन्दा बढी कैद सजाय हुने घटनामा तारेख वा साधारण धरौटीमा छोड्दैन । पल शाह विरुद्ध उजुरी दिएकी किशोरी कानुनत नाबालिग भएकाले उनलाई दुवै अदालतले थुनामा राख्ने आदेश दिएको बुझ्न सकिन्छ ।

उनी केही दिनअघि जिल्ला अदालत तनहुँको आदेशमा शाह कारागार चलान भइसकेको छन् । नाबालिगलाई विवाह गर्ने प्रलोभन देखाएर कर णीगर्दै आएको भन्दै पीडित परिवारले उनीविरुद्ध जिल्ला तनहुँमा जाहेरी दिएका थिए । शाहलाई तनहुँ कारागारबाट थुनछेक बहसका लागि मंगलबार नवलपुर लगिएको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको थियो ।
पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

By Auther