काठमाडौं :
करिब ८ महिना अघि सडक दुर्घटनामा एक भारतीय नागरिक सहित दुई जना घाइते भए । एक जनाको उपचारको क्रममा निधन भयो अर्काको अं’गभं’ग भएको छ । उनी लामो उपचार पछि अहिले घर फर्किएका छन् । २०७८ जेठ २० गते साँझको करिब ७। ३५ बजे विराटनगरको एक उद्योगमा काम गर्ने दुई जना सडक दुर्घटनामा परेका थिए । जसको नाम मुकेश दास र राजकुमार सिंह थियो ।

विराटनगर विमानस्थल मोडको सडक किनारमा हिडिरहेका उनीहरुलाई पछाडीबाट एक्कासी कारले ठक्कर दियोएको थियो ।

उपचारको क्रममा ३५ वर्षीय भारतीय नागरिक मुकेश दासको भने मृत्यु भयो । मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशीको अं’गभं’ग भएको छ । उनको बायाँ हातको कुम खु’स्किएका छ भने शरिरको अन्य भागमा पनि ग’म्भिर चो’ट थियो ।

दुर्घटना गराउने कार भने प्रदेश १ कि सांसद बिन्दिया कार्कीको थियो उनी नेपाली काङ्ग्रेसबाट प्रदेश १ कि सांसद हुन । दुर्घटनाको दिन प्रदेश सांसदका छोरा रविन सिंह कार्कीले प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको सो कार चलाए थिए ।

उनले मा.प.से गरेको घटनास्थल वरपरकाहरुले प्रत्यक्ष देखेका थिए । कारमा ५ जना सवार थिए । गाडीमा रहेका पाँच जना विराटनगरको एड्मायार क्याफेमा थिए। क्याफेमा उनीहरूले १६ वटा बि’यर खाए।

By Auther