काठमाडौं । यात्राका क्रममा कोही अपरिचित मान्छे भेटियो, एकै नजरमा मन पनि प¥यो तर बोल्न र मनको भावना पोख्न नसकेको कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘निःशब्द’ नाम दिइएको भिडियोमा गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई गीतकार रमेश दाहालले लेख्नुभएको हो । गीतलाई अस्ट्रेलियामा रहेका सङ्गीतकार टीका दाहालले सङ्गीतबद्ध गर्नुभएको छ । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ ।

‘निःशब्द ओठ मेरो खुल्दै खुलेन’, ‘बोलुँ भन्छु, तर मुख खुलेन’, ‘तिम्रा सामू मनका कुरा खुल्दै खुलेन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । मन परेको मानिस नजिकै भए पनि भावना व्यक्त गर्न नसकिएको प्रसङ्ग म्युजिक भिडियोमा देखाइएको छ ।

म्युजिक भिडियोमा गायिका सुरक्षा सेञ्चुरी र नायक आकाश श्रेष्ठको अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका सेञ्चुरीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।

By Auther