ना वा लि ग लाई ब ला त्का र गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको थुनछेक बहस आज हुँदैछ। जिल्ला अदालत नवलपुरमा आज शाहविरुद्धको मुद्दामा थुनछेक बहस हुन लागेको हो।त्यसका लागि मंगलबारै शाहलाई तनहुँ हिरासतबाट नवलपुर लगिएको थियो। शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा ज ब र्ज स्ती क र णी मुद्दा दर्ता भएको छ। मंगलबार नवलपुरका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको थियो।

आज नवलपुरमा सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्ने तयारी गरेका छन्। हिजो अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिए।

ना बा लिग गायिकालाई ब ला त्का र गरेको अभियोगमा शाहविरुद्ध नवलपुरमा चैत ३ गते ज ब र्ज स्ती क र णी मुद्दा दायर भएको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुर र तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

यो पनि – आगामी वैशाख १ गतेदेखि नेपालमा प्रदर्शन हुने फिल्मले गर्ने कमाइको बाँडफाँड (सेयर) सम्बन्धी नयाँ निर्णय लागु हुने भएको छ ।अशोक शर्मा संयोजक रहेको प्रदर्शन विशेष कार्यदलले नयाँ वर्षदेखि सेयर बाँडफाँटबारे नयाँ नियम लागु हुने निर्णय गरेको हो ।

जसअनुसार प्रदर्शक, वितरक र निर्माताबीच सहमति जुटेको छ ।फिल्म रिलिजको पहिलो साता प्रदर्शक र निर्माताबीच ५०-५० प्रतिशत सेयर बाँडफाँड हुनेछ भने दोस्रो साता पनि दुवै पक्षबीच ५०-५० प्रतिशत सेयर विभाजन हुनेछ । तेस्रो साता निर्माताले ३५ प्रतिशत सेयर पाउनेछन् ।

‘नेपालमा प्रदर्शन हुने सबै फिल्ममा यो नियम लागु हुनेछ,’ संयोजक अशोक शर्माले अनलाइनखबरसँग भने, ‘हामीले विशेषगरी नेपाली फिल्मका निर्मातालाई हेरेर यो नियम ल्याएका हौं । अन्ततः यसले निर्मातालाई नै फाइदा पुग्छ ।’को’रोना महामारीले थलिएको

By Auther