काठमाडौं,नायिका पूजा शर्माले फेरि एक पटक कारागारमा रहेका अभिनेता पल शाहप्रति खुल्ला प्रेम व्यक्त गरेकी छन् । उनले इन्टाग्राममा एउटा स्टोरी राख्दै पलप्रति प्रेम दर्साएकी हुन् ।इन्स्टा स्टोरीमा पूजाले स्क्रिनमा प्ले भइरहेको पलको भिडियोमा चुम्बन गरेको देखिन्छ । आफ्नै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले गीत गाइरहेको दृश्यमा उनले पलको गालामा चुमेकी छन् । र, क्याप्सन लेखेकी छन्– आइ जस्ट लभ हिम ।

त्यसो त पूजाको औपचारिक प्रेम अर्कै व्यक्तिसँग छ । उनले युद्ध बानिया नामका युवकलाई आफ्नो प्रेमीका रूपमा चिनाएकी छन् र उनीसँग बिहेको तयारीमा रहेको समेत बताएकी छन् ।पल र पूजाको गहिरो निकटता रहे पनि उनीहरूले प्रेम सम्बन्धमा रहेको स्वीकारेका छैनन् । तर, पल जबरजस्ती करणीको मुद्दामा पक्राउ गरेसँगै पुजा उनीप्रति लगातार प्रेम दर्साइरहेकी छन् ।

हुन त प्रेम एक पटकमा एक जनासँग मात्रै गर्नुहुन्छ भन्ने कहाँ लेखेको छ र ? पहिले पनि उनी आकाश श्रेष्ठ र सुदर्शन थापासँग समानान्तर प्रेममा थिइन् ।पूजाले पलसँगका दर्जनौं मुभी सिनहरु एकसाथ स्टोरीमा सेयर गर्दै अन्तिममा पललाई चुमेको भिडियो राखेकी हुन् ।स्टोरीको ब्याकग्राउन्डमा उनले ‘मै फिर भि तुमको चाहुंगा’ बोलको हिन्दी गीत बजाएकी छन् ।

By Auther