नेपाल वायुसेवा निगमको जहाजभित्रै पसेर भिडियो रिपोर्टिङ गरेपछि विवादमा तानिएका पत्रकार अहिले ऋषि धमलाको बचाउमा पत्नि एलिजा गौतम उभिएकी छिन् ।फेसबुकमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जहाजभित्र पत्रकारलाई अन्तर्वार्ता दिंदै गरेको तस्वीर सेयर गर्दै उनले धमलाको प्रतिरक्षा गरेकी हुन् ।

एलिजा लेख्छिन्, ‘हवाई यात्रामा रहेका राष्ट्रपति, प्रधानमन्त्रीसँग हवाईजहाजभित्रै पत्रकारले अन्तर्वार्ता लिन खोज्नु अन्तर्राष्ट्रिय प्रचलन हो । जहाजभित्र इन्टरभ्यु लिने दिने सायद नेपालका लागि नौलो देखिएको होला । तर संसारका लागि नौलो चाहिं होइन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार भारत भ्रमणबाट फर्कने क्रममा धमला टेलिभिजनको क्यामरासहित जहाजभित्रै घुसेका थिए । धमलाको यस्तो कार्यलाई लिएर प्रेस काउन्सिलले स्पष्टीकरण सोधेको छ भने वायुसेवा सञ्चालक संघले समेत विरोध गरेको छ । सामाजिक सञ्जालमा समेत यसलाई लिएर तीव्र बहस भइरहेको छ ।

By Auther