काठमाडौं,पीडित बालिकाले अदालतमा बयानका क्रममा आफूमाथि ब’ला’त्कार नभएको दावी गरे पनि त्यो आरोप पुष्टि हुने प्रमाणहरु मुद्दामा समावेश गरिएको छ । पीडितका बाबुले नै छोरीले आफूमाथि ब’ला’त्कार भएको भनी आफूलाई बताएको भनी जाहेरीमा खुलाएका छन् । तनहुँको घटना नियालिरहेका महान्यायाधीवक्ता कार्यालयका एक सरकारी वकिलका अनुसार, बलात्कार आरोपका प्रमाणहरुमध्ये एउटा प्रमाण मात्रै असफल भएको हो, अरु यथावत छन् ।

त्यतिबेला नै सर्वोच्च अदालतले पीडितमाथि आर्थिक प्रलोभन हुनसक्ने औंल्याएको थियो । अपराधीले सदैव पीडितको घरायसी आर्थिक अवस्थाको फाइदा उठाई प्रभावमा पार्न सक्ने र पीडितको सामाजिक अवस्था कमजोर भएको फाइदा लिन सक्ने भन्दै सर्वोच्च अदालतले न्यायालयबाट त्यो पाटो हेरिनुपर्ने भनी विवेचना गरेको थियो । फैसलामा भनिएको थियो, ‘फेरिएको बकपत्रलाई मात्र आधार लिएर अभियोग दावीबाट सफाई दिँदै जाने हो भने समाजमा अपराधले प्रश्रय पाउने र दण्डहीनताको स्थिति सिर्जना हुन जाने ।’

पीडित भनिएको व्यक्तिको इन्कारी बकपत्रलाई आरोपितकै बयानले खण्डित गरेको र अरु प्रमाण समेत खण्डित हुने अवस्था भएमा होस्टाइल भएको बकपत्रलाई प्रमाणको रुपमा स्विकार्न नहुने सर्वोच्चको व्याख्या छ । फैसलामा भनिएको छ, ‘अदालतको बयान पीडितको शारीरिक परीक्षण प्रतिवेदन तथा मिसिल संलग्न अरु प्रमाणले खण्डन गरिसकेको अवस्था हुँदा घटनाप्रति अनभिज्ञता प्रकट गरी भएको बकपत्रलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्नु न्यायोचित नहुने ।’

By Auther